गरे के सम्भव छैन र ? (एक समिक्षा)

एक समिक्षा
दानियल भट्ट

वरिष्ठ साहित्यकारहरुको उपस्थितिमा हिजो मात्रै भुवन र सुनिरा देवकोटाको दुईवटा पुस्तक विमोचन भयो । फेसबुकबाट मैले निम्तो पाएको थिएँ र म पनि कार्यक्रममा सहभागी हुन भनेर गएँ । म निर्धारित समयभन्दा लगभग १५ मिनेट ढिलो पुगेको थिएँ तर जब म निर्धारित स्थानमा पुगे त्यहाँको माहोल देखेर एकैछिन अलमल्ल परें । पालैपालो स्रष्टाहरु कविता वाचन गर्दै रहेछन् । ‘हैन यहाँ कविता प्रतियोगिता भइरहेको छ कि के हो ?’ मैले भेउ पाउन सकिन ¤ तर पनि केही कुरा बुझ्ने कोशिस गरें । सञ्चालक पनि बारम्बार कविता वाचन गर्दै हुनुहुन्थ्यो अनि पालै पालो स्रष्टाहरु मञ्चमा गएर साहित्यको महत्वको बारेमा प्रकाश पार्ने कोशिष् गरिरहेका हुन्थे र कविता वाचन गर्न थालिहाल्थे । को भन्दा को कम ¤ मञ्चमा पुगेपछि कविताको माध्यमबाट आÇना मनको कथा व्यथा पोख्नेहरुको ताँती लामै थियो ।
कविहरुका कतिवटा कविताहरु उपदेशमूलक हुन्थे भने धेरैवटा कविताहरुमा कविका आÇनै मनका कुण्ठाहरु पोखिएका हुन्थे । अनि मैले सोचेः ‘आज विमोचन हुन लागेको पुस्तक पनि कविता नै होला ¤’ जे भएपनि एकपटक पढ्छु भन्ने अठोटका साथ कार्यक्रमको अन्तिमतिर उक्त पुस्तक किनें र यो पुस्तकको बारेमा यहाँहरुलाई जानकारी गराउने कोशिष् गरेको छु ।
यो पुस्तकको सुरुमा लेखकले आÇनो मनोभावनारु प्रकट गरेका छन् । जब उनको यात्रा गर्नुपर्ने दिन नजिक आउँछ, त्यसबेला देखि नै मनमा अनेक किसिमका शंका र डरहरुले उनलाई समात्न खोजेको देखिन्छ । आÇनै पत्नीको स्वास्थ्य कमजोर हुनु, मलेसियन्स एयरलाईन्सको प्लेनमा चढ्दा दुर्घटनामा परिएला कि भनेर डराउनुले सुरुमा लेखकलाई मानसिक तनाव भएको कुरा बझ्न सकिन्छ । तर पनि यो नियात्रामा मैले निम्न कुराहरु भेटाएको छुः १. मलेसिया र सिंगापुरको विकासवादी नेताहरुको योगदानबारे चर्चा, २. मलेसिया, नेपाल र सिंगापुरको राजनैतिक तुलना । ३. मलेसियामा भएका नेपाली कामदारहरुको अवस्था, ४. इसाई मेसिनरीहरुले नेपाली कामदारहरुलाई दिएका सुरक्षा एवम् अविभावकत्व ।
वास्तवमा यो किताबमा कुनै नक्कली र कृतिम स्वाँङ–ढ्वाङ देखिँदैन । लेखकले यो किताबमा हरेक कुरा जस्ताको तस्तै राखेका छन् । हो लाई हो र होइनलाई होइन भन्ने नियमलाई लेखकले राम्ररी पालन गरेको देख्दा मलाई यो किताब एकदमै मन परेको छ । उनले सही तथ्यहरु दिएर आपूmले लेखेका कुराहरुलाई पुष्टि गरेका छन् र यो चाहिँ कुरा नक्कली हो भनेर भन्ने ठाउँ कतै पनि छैन । यो लेखबाट लेखकले नेपालमै बसेर पाठकहरुलाई सिँतैमा मलेसिया र सिंगापुरको भ्रमण गराउन सफल भएका छन् । तर पनि एउटा इसाई अगुवा भएको कारण विश्वासीहरुलाई आत्मिक पाठ दिन नसक्नु लेखकको कमजोरी रहेको छ ।
चिनियाँ कम्पनीका मालिकहरुले नेपालीहरुलाई माया गरेर संगतिको अवसर दिनु पनि प्रभुको योजनाअनुसार भइरहेको छ । प्रभुले चाहनुभएको कारणले नै यो कुरा उनीहरुबाट संम्भव भएको हो । ती चिनीयाँ कम्पनीका मालिकले प्रभुको वचनको संगति पाएको कारणले नै ‘प्रभुको वचन जीवित छ’ भन्ने प्रमाणित गरेका छन् । डिसेम्बर २६ को त्यो साँझ कम्पनीका मालिकहरु आÇना कामदारसित हातमा हात समातेर नाच्दै थिए । यो प्रभुकै प्रेमको कारण सम्भव भएको हो । प्रभुलाई विश्वास गर्ने नेपालीहरु एकदमै थोरैले मात्र बाटो विराएका छन् र प्रभुलाई नपाएका ५०–६० प्रतिशत नेपालीहरु गलत बाटोमा लागेका छन् भन्ने खबरले प्रभु कति असल हुनुहुन्छ भनेर बुझ्न सकिन्छ ।
यसकारण विशेष गरी यो किताब राजनीतिमा चासो राख्नेहरु, बैदेशिक रोजगारीमा जानेहरु वा उनीहरुका आफन्तहरु, पूर्ण समय प्रभुको सेवामा लागिरहेकाहरु तथा अन्य सबैको लागि उपयोगी देखिन्छ । जम्मा ६८ पृष्ठमा रहेको यो किताबको
मूल्यः रु ४०
लेखकः भुवन देवकोटा
प्रकाशकः सामदान प्रकाशन

Post a Comment

Previous Post Next Post