गायिका सनिला राई

गायिका सनिला राई ख्रीष्टिय संगीत जगतमा परिचय गराइरहनु पर्ने नाम होइन । धेरै इसाई गीतहरूमा आÇनो सुमधुर स्वर दिएर धेरै स्रोता र दर्शकहरूको मनमा वस्न सफल गायिका सनिला राई, २० वर्षको सांगीतिक अनुभव बटुली संगीतमा निरन्तर लागीरहनु भएको छ । वुवा एमबहादुर राई र आमा शुमलजी राईबाट सन् १९८४ मा जन्मनु भएकी गायिका दार्जलि·मा जन्म भएको थियो । बेटेन हाइस्कुलबाट आÇनो अध्ययन पूरा गरी गायन क्षेत्रमा निरन्तर लागिरहनु भएको छ । उहाँलाई स्टेजमा दर्शकहरूले निकै रूचाउनु भएको छ । उही गायिका सनिला राईसँग कुमार अब्राहामले गर्नुभएको कुराकानी । ितपाईंको सांगीतिक क्षेत्रमा प्रवेश कसरी भयो ?
स स्कुलले जीवनदेखि नै गीत गाउँथे सबैले मेरो स्वर मन पराईदिनु हुन्थ्यो । स्कुल, चर्चमा गीत गाउने अवसरहरू पाउँदै गएँ । यसरी मैले मेरो गीत गाउने यात्रा सुरू गरेको हो ।
– तिपाईंलाई कुन गीतले गायिका भनेर चिनाएको थियो ?
स तिम्रो बाटो हेर्दा–हेदै थाकीसके नयनहरू……… वोलको गीतले गर्दा नै मलाई सबैले गायिका भनेर चिन्नु भएको हो । यो गीतले गर्दा मैले धेरै अवार्डहरू पाएको थिए । यो गीत कान्तिपुर एफ.एम.बाट निकैचोटी प्रशारण भएर विभिन्न कार्यक्रममा प्रथम पनि भएको थियो । हालसम्म मैले लगभग २५० भन्दा बढी गीत गाईसकेको छु ।
-को–कोसँग गीत गाउने मौका पाउनु भएको छ ?
स कर्णदास, प्रकाश श्रेष्ठ, आन्नद कार्कीसँग मैले धेरै गीतहरू गाईसकेको छु र आफै पनि विभिन्न गीतहरू गाइनै रहेको छु । साथै विलिभर्स चर्चको सेवामा आएपछि आत्मिक यात्रा कार्यक्रम अन्र्तगत मैले मलथालम उडिया साथै हिन्दी भाषामा पनि भजनहरू गाइसकेको छु । —तपाईंलाई यस क्षेत्रमा लाग्न प्ररणा दिने परमेश्वरको दासहरू भन्नुपर्दा ?
स विशप नारायर्ण शर्मा, जोना योञ्जन, वावुराजा मर्हजन, साइमन दास, पा. जोसेफ गदाल, संगीतकार गुरू दिवाकर मोथे उहाँहरूको प्रार्थना, सहायता र तपाईंहरूको माया नै मेरो प्रेरणाको श्रोत हो ।
-तपाईं कुन–कुुन सेवकाइमा आवद्ध हुनुहुन्छ ?
स म विलिभर्स चर्चसँग आवद्ध छु । विलिभर्स चर्चले आयोजना गरेको प्रायः सबै कार्यक्रममा भागलिने गर्छु । त्यहाँ मैले कुनै न कुनै भुमिका निभाउनै पर्छ । साथै मेरो श्रीमान साइमन दासलाई “ब्रिज अफ होप” नामक सेवकाइमा सहायता पु¥याउने गर्छु । परमेश्वरले एउटा छोरा दिनुभएको छ । उसको लागि पनि समय मिलाउन पर्ने हुन्छ । त्यसैले समय मिलाएर विभिन्न सेवकाइमा भागलिइएको हुन्छु ।
-गायन क्षेत्रमा आउन चाहने भाइ–बहिनीहरूलाई के भन्न हुन्छ ?
स गायन क्षेत्रमा आएर परमेश्वरको गीत गाउनु भनेको ठूलो कुरा हो । यो सबैले चाहेर पनि गर्न सक्दैनन् । त्यसैले आÇनो वरदान थाहा गरेर अघी बढ्नु राम्रो कुरा हो । समय प्रतिस्प्रर्धाको छ । त्यसैले आफूलाई यस क्षेत्रमा टिकाइ रहनको लागी संगीतको ज्ञानसहित आउँदा अति राम्रोे हुन्छ । आज परमेश्वरको महिमा र राज्य विस्तारको निम्ति तपाईंहरू जस्तो गायक गायिकाको अति नै आवश्यक छ ।
-तपाईंलाई मन पर्ने गायक–गायिका भन्नु पर्दा ?
स गायिका सलोमी तिमोथी, गायक राजेस राई, विज्ञान रसाईली, कर्णदास र नव गायिक सृिष्ट सुनारको स्वर मलाई अति नै मन पर्छ र आकर्षित पनि भएको छु । संगीतकार भन्नुपर्दा नोएल फिफन, अनुप राई मलाई मन पर्ने संगीतकारहरू हुन् ।
नेपाली इसाई संगीतको अवस्था कस्तो देख्नु हुन्छ ?
स पहिले भन्दा राम्रो छ, अहिले देश–विदेशमा पनि गीत गाउन मौकाहरू पाइन्छ । त्यती नै गीत संगीतमा निखारपन आउन आवश्यक छ । किनकि परमेश्वरको गीतबाट उहाँको पहिमा हुनु पर्दछ । शरीर तताउने गीत हैन, आत्मा बचाउने संगीतको खाँचो छ । त्यसैले बुढादेखि बच्चासम्मले पन पराउने गीत संगीत नै आजका आवश्यक हो ।
-अन्तिम वचन पत्रिकाको तर्फबाट तपाईको स्रोताहरूलाई के भन्नुहन्छ ?
स मेरो गीतलाई मन पराई सुनिदिनुहुने सबै प्रभुका छोरा–छोरीहरूलाई धन्यवाद दिन्छु । साथै मलाई विभिन्न कार्यक्रममा वोलाएर प्रभुको निम्ति गाउने मौका दिनुहुने प्रभुका छोरा–छोरीलाई धन्यवाद दिन्छु । साथै वचन पत्रिकाले मनपरेको कुरा राख्ने अवसर दिनु भयो यसको लागि धन्यवाद भन्न चाहन्छु । साथै अन्तिम गीत संगीतलाई प्रेम गरौं, प्रार्थना गरौं । धन्यवाद ।

Post a Comment

Previous Post Next Post