गैर इसाई संसारिक गीतको संगीत भर्दा कुनै ईश्वरीय आनन्द हुँदैन, समय बितेर जाँदा पिडा दायक जीवन हुन्छ ।

संगीतकार, गीतकार गगन सुब्बसँग गरिएको कुराकानी केही अंश
  • अहिले के गर्नु हुँदैछ ?
    र म अहिले विभिन्न विद्यालयहरूमा गायन कला सिकाउँछु । साथै विभिन्न इसाई भजन एल्बमहरूमा संगीत दिने र रेकर्डिङ गर्ने कार्यहरूमा व्यस्त छु ।
  • संगीत क्षेत्रमा कसरी लाग्नुभयो ?
    र म सानै उमेरदेखि रेडियो अडियोद्वारा पुराना वरिष्ठ संगीतकारहरूको, गायकहरू, गायिकाहरूको गीतहरू सुन्थे, सानै १०÷११ वर्षको उमेरदेखि हार्मोनियम, तबला, मादल बजाउँथें र गीत गाउँथें । संगीतप्रति नै रूचि भएकोले संगीत क्षेत्रमा लागेको हो ।
  • संगीत विधामा कुनै औपचारिक शिक्षा लिनु भएको छ ?
    र मैले भारतको दार्जिलिङ र इलाहाबादबाट शास्त्रीय संगीत विधामा स्नातकसम्मको शिक्षा लिएको छु । साथै पाश्चात्य स्वरलिपि र शास्त्रीय स्वर लिपिको ज्ञानहरू हासिल गरेको छु ।
  • तपाईंको विचारमा इसाई र गैर इसाई संगीतमा के भिन्नता छ ?
    र इसाई संगीत भर्दा परमेश्वरको महिमा हुने हुनाले बेग्लै प्रकारको स्वर्गीय आनन्द पाइन्छ भने गैर इसाई संसारिक गीतको संगीत भर्दा कुनै ईश्वरीय आनन्द हुँदैन, समय बितेर जाँदा पिडा दायक जीवन हुन्छ । त्यसैले म आपूmलाई इसाई संगीतकार भन्न रूचाउँछु ।
  • अहिलेसम्म कति वटा भजन गीत एल्बम निकाल्नुभयो ?
    र इसाई भजनहरू र संसारिक आधुनिक गीतहरू गरेर जम्मा दश वटा भन्दा पनि बढी एल्बमहरूमा संगीतबद्ध गरीसकेको छु ।
  • अहिले इसाई सांगीतिक क्षेत्रको अवस्था कस्तो छ ?
    र असल पनि छैन, खराब पनि छैन । व्यवसायिक पनि छैन, स्तरीयता र मौलिकता पनि छैन । प्रतिस्पर्धी पनि छैन, आफ्नोपन पनि छैन । गए गुर्जेको पनि छैन, काम चलाउ जस्तै मात्र छ । तर पनि परमेश्वरको महिमा भएको छ ।
  • इसाई संगीत क्षेत्रमा लागेर जिविकोपार्जन गर्ने अवस्था छ कि छैन ?
    र इसाई संगीत क्षेत्रमा लागेर जीवन यापन गर्नु गाह्रो छ, कारण भजनको सी.डी. बिक्री वितरण गर्नलाई बजार व्यवस्था राम्रो छैन । भए पनि इसाई जनमानस समाजमा पनि संसारमा जस्तै पाइरासी बढ्यो । मोबाइल, मेमोरीकार्ड, पेनड्राइबमा कपी गरेर सुन्ने प्रथाले अचेल सी.डी. बिक्री हुँदैन । गीत लेखेको, संगीत गरेको, गीत गाएको मेहनत र परिश्रमको फल राम्रो पाइन्न, त्यसैले इसाई संगीत क्षेत्रमा लागेर जीवन चलाउँनु गाह्रो छ ।
  • इसाई संगीत क्षेत्रको सवल पक्ष तथा दुर्वल पक्ष बताई दिनुहुन्छ कि ?
    र इसाई संगीत क्षेत्रको सवल पक्षलाई महशूष गरेर भन्नु पर्दा हिजो आज इसाई भजनहरू प्रशस्त मात्रामा उत्पादन भइरहेछ विभिन्न गायकहरू, गायिकाहरू जन्मिरहेका छन् । प्रशस्तै मात्रामा नयाँ नयाँ संगीत सृजना भइरहेछ । तर दुर्वल पक्षलाई हेर्दा नयाँ नयाँ इसाई भजनहरू कता कता साह्रै पाश्चात्य शैलीलाई मात्र सिको गरेको जस्तो लाग्छ । नेपालीपन छैन । संगीत तथा गायनमा मौलिकपन र स्तरीयता पाइन्न । हाम्रो संगीतमा गायनमा निख्खार पाइदैन । इसाई गायकहरू, गायिकाहरूमा अभ्यास छैन, साधना छैन, दुर्वल पक्ष त्यही नै हो ।
  • इसाई संगीत क्षेत्रको भविष्य कस्तो देखिन्छ ?
    र हामी सबै इसाई संगीत कर्मीहरूले एकजुट भएर मेहनत परिश्रम गरेर राम्रो गीत संगीत सृजना ग¥यौं भने साथै इसाई नेपाली मण्डलीहरूले, विभिन्न इसाई संघ संस्थाहरूले गीत संगीतको महत्व बुझिदियो भने इसाई संगीत क्षेत्रको भविष्य उज्जवल छ ।
  • अन्तमा सम्पूर्ण इसाई श्रोताहरूलाई के सन्देश दिन चाहानु हुन्छ ?
    र इसाई भजनहरूको सी.डी.हरू किनेर सुनिदिनुहोस् । इसाई भजनहरूको महत्वलाई बुझिदिनुहोस् इसाई कलाकारहरूले गरेको मेहनत र परिश्रमलाई कदर गरिदिनुहोस् साथै नेपाली इसाई भएर नेपालीपन्लाई नभुल्नुहोस् । हृदय स्पर्शी आशिषमय भजनहरू सुनेर परमेश्वरको महिमा गर्नुहोस् । जय मसिह

Post a Comment

Previous Post Next Post