गोब्रे किरा

धेरै मानिसको लागि गोब्रे किरा घिनलाग्दो वा मन नपर्ने प्राणी हुन सक्छ तर संसारमा त्यस्तो गोब्रे किरा पनि छ जसले तपाइँलाई गोब्रेकिरा प्रेमी बनाउन सक्छ। यो गोब्रे किराको नाम “काटिएको मणि (Jewel Scarab Beetle ) गोब्रे किरा” हो। यो किरा हाल होन्डुरसको जङ्गलहरुमा पाइन्छ। जसको आकार ख्रीष्टमस गोब्रे (Christmas Beetle) किराको जस्तै हुन्छ। तर यो गोब्रेकिराको रङ्ग अति चम्किलो र सुन्दर हुन्छ। लाल आगोको ज्वाला, अकबरी सुन चाँदी र हिराको रङ्गहरुको उतकृष्ट मिश्रणबाट बनेको गहना झैँ लाग्ने यस किराको मुल्य कम्तिमा ५०० युएस डलर वा नेपाली रुपैँया लगभग ५५,०००.०० पर्छ।
यो किराको सुन्दरता त्यसै आउने होईन। हरेक मणि गोब्रे किराको जीवनको शुरुवात सामन्य, अझ भन्नुपर्दा कुरुप अबस्था बाट हुन्छ। यसको जीवनको शुरुवात कुहिएको रुखको भित्र नरम, गिलो, खैरो र सेतो खुम्लेकिराबाट हुन्छ। यसरी खुम्ले किराको रुपमा फोक्से काठभित्र लगभग १ वर्ष बसे पछि जब झरी वा वर्षातको समय शुरु हुन्छ, यो बाहिर निस्केर आउँछ। बाहिर निस्केको केही घण्टामा नै यसको शरिर अचम्म रितिले कडा हुन्छ र सुन्दर रङ्गहरुको मिश्रण अदभुत तरिकाले देखा पर्छ। यति सुन्दर शरिरभित्र यो किरा अर्को ३ महिना मात्र बाँच्छ। छोटो भए पनि कति तेजश्वी वा उत्कृष्ट र मुल्यवन अस्तित्व !
हामी मानिसहरु पनि यो मणि गोब्रे किरा जस्तै छौँ। हाम्रो आफ्नै आँखामा हाम्रो मुल्य छैन जस्तो लाग्न सक्छ। हामीलाई आफु शारिरिक, सामजिक, र मानसिक रुपमा सुन्दर, आकर्षक र मुल्यवन छु जस्तो नलाग्न सक्छ। यहाँ मैले कुरा गर्न खोजेको तपाइँको शारिरिक सौन्दयको मात्र होइन। यहाँ कुरा गर्न् खोजेको सौन्दर्य तपाइँको आचरण, तपाँइको बानी, तपाइँको मन, तपाइँको विचार वा सोच, र तपाँइको जीवनको बारेमा हो। के तपाइँ आत्मामा नया भएर जन्मनु भएको छ? के तपाइँ पुरानो बानी, आदत, सोच र विचारबाट मुक्त हुनुभएको छ? येशूलाई विश्वास गरेर आफुलाई परमेश्वर तर्फ फर्काउनुहोस। जीवनभरीमा पनि नसक्नुभएको कतिओटा परिवर्तन आफुमा तपाइँले देख्नुहुनेछ। तपाइँले भन्नुहुनेछ, मेरो जीवन परमेश्वरमा नया भयो। मैले नया जीवन पाएँ। मैले परमेश्वरबाट थुप्रै आशिष पाएँ। परमेश्वरको संगतिमा मेरो जीवन कति सुन्दर, मणि किरा भन्दा पनि सुन्दर, मुल्यावन र आशिषित!”
[परमेश्वरले यस कथा पढाइबाट तपाइँलाई धेरै आशिष देउन! आमेन]
source:ख्रीष्टियन साहित्य

Post a Comment

Previous Post Next Post