येशू को हुनुहुन्छ ?

मत्ती १६ः१३ मा येशूले चेलाहरूलाई यसो भनेर सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई को हो भनि भन्दछन् ? र दोस्रो प्रश्न उहाँले
सोध्नुभयो तिमीहरूचाहिं को हो भनेर भन्दछौ ? यो संसारका हरेक मानिसलाई सोधिएको प्रश्न हो, जसले मानिसको वर्तमान र भविष्यलाई असर गर्दछ । हामी संसारमा कसैको बारेमा कस्तो सोच
राख्दछौं, चाहे त्यो राजनीतिक, व्यापारिक, वौद्धिक क्षेत्रको बारेमा नै किन नहोस् ? हामीलाई मन पर्ने व्यापारिक,
राजनीतिक वा कलाकारिता कसैप्रति हाम्रो सोच कस्तो छ ? यी त संसारमा नष्ट भएर जाने मानिसहरू हुन् । येशू ख्रीष्ट को
हुनुहुन्छ ? यसले हाम्रो अनन्ततालाई प्रभाव पार्छ । येशू जन्मनु भन्दा पनि ७०० वर्ष अघि नै उहाँको जन्म, सेवकाइ, मृत्यु र पुनरुत्थान इत्यादिको विषयमा ३०० भन्दा बढी भविष्यवाणीहरू गरिएका थिए र ती दुरुस्तै पुरा हुन आए । त्यति मात्र होइन उहाँ जन्मेको र मृत्यु भएर स्वर्गमा जानुभएको २००० वर्ष पछि सम्म पनि उहाँको प्रभाव कम भएको छैन र मानिसले चर्चा गर्न छोडेको छैन । उहाँ को हुनुहुन्छ, जसले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई प्रभाव पारेको छ । उहाँ संसारमा कुनै सेनाको दल लिएर आउनुभएन, कुनै धनी परिवारमा जन्मनुभएन, ठूलो शिक्षा हासिल गर्नुभएन तरै पनि संसारमा उहाँको चर्चा कहिल्यै कम भएको छैन । एउटै प्रश्न छ ः येशू को हुनुहुन्छ ?
कोही व्यक्तिको बारेमा सत्य तथ्य पत्ता लगाउन उक्त व्यक्तिको
समकालिन मानिसहरूको गवाहीबाट सुन्नुपर्छ । अर्को कुरा, उक्त व्यक्तिको नजिकका वा परिवारका सदस्यबाट मात्र सुन्यौं भने पनि त्यहाँ केही पुर्वाग्रह हुनसक्छ । येशूका आप्mना मानिसहरूले मात्र होइन, उहाँको शत्रुहरू वा विरोधीहरूले पनि के भन्थे भनेर हेर्नुपर्छ । उहाँका चेलाहरू वा समकालिन मानिसहरूले के भन्थे, स्वर्गदूतहरूले के भनेका छन् ? इत्यादी विषयमा हामी हेर्नेछौं ।
क. कर्नेलियस तासितस (प्राचिन रोमको प्रख्यात इतिहासकार) जसले रोमको इतिहासको विषयमा लेखेका थिए । इतिहासमा उनले येशूको विषयमा स्पष्टसँग चर्चा गरेका छन् । उनको समयमा रोमको एक जना नेरो नाम गरेका सम्राटले रोम साम्राज्यलाई पुनःनिर्माण गर्न
रोम शहरलाई नै नष्ट गरेर यसको दोष ख्रीष्टियनहरूलाई लगाएका
छन् । ख्रीष्टियनहरूलाई व्यापक सतावट दिइएको थियो । यसबाट येशू कुनै काल्पनिक पात्र
हुनुहुन्थेन तर वास्तवमै उहाँलाई रोमीहरूले मारेको हो भन्ने तथ्यलाई प्रमाणित गर्दछ ।
ख. प्mलावियस जोसेफसले (यहुदी सेना र इतिहासकार) येशू वास्तविक हुनुहुन्थ्यो र उनले येशूको विषयमा इतिहासमा उल्लेख गरेका
छन् । उनले येशूलाई शिक्षक, आश्चर्यकर्म
गर्ने व्यक्ति (यदि व्यक्तिको रुपमा सम्बोधन गर्न मिल्नेभए) उनलाई मानिसहरूको उक्साहटमा पिलातसले मारेको भनेका छन् । प्mलावियसका अनुसार येशूलाई पछ्याउने मानिसहरू धेरै थिए र उहाँको मृत्युपछि पनि मानिसहरूले पछ्याइ रहेको भनेका छन् ।
प्mलावियसले पनि येशू तीनदिन पछि बौरिनुभएको र मानिसहरूमाझ देखा पर्नुभएको भनेर उल्लेख
गरेका छन् ।
ग. केफास युसुफ प्रधान पुजाहारी र येशूलाई पिलातसको हातमा सुम्पने व्यक्ति थिए । उसले येशूलाई तँ परमेश्वरको पुत्र होस् कि होइनस् भनेर सोधेको थियो । तर येशूले भन्नुभयो तपाईं आफैं भन्दै हुनुहुन्छ तर अब उप्रान्त तपाईंले मानिसको पुत्रलाई परमेश्वर पिताको दाहिनेपट्टि बसेको देख्नुहुनेछ । तब केफासले भन्यो, यो त ईश्वर निन्दा हो । येशूले साँचो भन्नुहुँदा केफासले ईश्वर निन्दाको आरोप लगायो ।
घ. पिलातस (रोमी शासक) अहिलेको भाषामा प्रशासनिक प्रमुख व्यक्ति थियो (लूका २३ः१३–१५) । उसले येशूको मुद्दा हेरेको थियो र ऊ आफैं पनि यहुदीहरूको विरोधी वा घृणा गर्ने मानिस थियो । तरै पनि उसले भन्छ, मैले यी व्यक्तिको विषयमा तिमीहरूकै अघि जाँच गरें तर केही पनि दोष लगाउने कुरा पाइन । उसको पत्नीले पनि यस व्यक्तिलाई केही नगर्नुहोस् किनकि उनको कारण सपनामा मैले दुःख पाएँ भनि भन्छिन् । येशूमा कुनै दोष वा अपराध छैन भनि उनले प्रमाण दिएको पाउँछौं । यी व्यक्तिहरू येशूका परिवारका मानिसहरू वा चेला थिएनन् ।
ङ. येशूको चेला यहूदा, जसले येशूलाई धोका दिएर त्रूmसमा झुण्ड्याउन पक्राएको थियो । उसले पनि भन्दछ, मैले निर्दोष व्यक्तिलाई मारें । ऊ
येशूको चेला भएर उहाँका सबै अश्चर्यकर्महरूको साक्षी भएको थियो । अन्त्यमा उसले आफूलाई दोषी महसुस गरेर आत्महत्या ग¥यो । एउटा धोकेबाजले पनि येशूमा कुनै गल्ती छैनन् भनि गवाही दियो ।
च. येशूलाई मार्ने जिम्मा पाएको एकजना सेनाको कप्तानले पनि
येशूको विषयमा गवाही दिइएका छन् । उक्त सेनापतिले येशूको मृत्युमा मन्दिरको पर्दा फाटेको देखेका थिए । येशूको मृत्युमा संसार अन्धकारले ढाकियो, भुकम्प गयो । उसले यो सबै कुरा देखेर गवाही दिएको थियो ।
छ. येशूसँगै त्रूmसमा टाँगिएको एउटा चोर वा अपराधीले पनि येशू
परमेश्वर हुनुहुन्छ भनि स्वीकार गरेको थियो । उसले भन्दछ, प्रभु तपाईं फेरि संसारमा आउनुहुँदा मलाई सम्झनुहोस् (लुका २३ः४२)। उसले
केवल येशू धर्मी हुनुहुन्छ भन्ने कुरा मात्र होइन तर उसले येशू आउनुहुने र उहाँको राज्यमा पनि विश्वास गरेको थियो । येशूले भन्नुभयो, “तिमी आज नै मेरो साथमा पिताको घरमा हुनेछौ ।”
ज. बप्तिस्मा दिने युहन्नाले पनि संसारमा जन्मने मध्ये सबैभन्दा महान् व्यक्ति भनेर येशूलाई चिनाएका छन् । येशूलाई उनले संसारको पाप उठाई लैजाने थुमा भनेर भनेका छन् । संसारको पाप क्षमा गर्ने थुमा हुनु भएकोले पश्चाताप गर्न र बप्तिस्मा लिन बप्तिस्मा दिने युहन्नाले मानिसहरूलाई चेतावनी दिएका छन् ।

Post a Comment

Previous Post Next Post