विन्डोज १० कसरी इन्ष्टल गर्ने ? (टिप्ससहित)

विश्वभर माइक्रोसफ्टले नयाँ ओपरेटिङ सिस्टम ‘विन्डोज १०’ उपलब्ध गराएको छ । गएको सेप्टेम्बरमा विन्डोज इनसाइडरमार्फत परीक्षणको रुपमा विन्डोज १० उपलब्ध गराएको माइक्रोसफ्टले त्यसमार्फत रजिष्टर गरेका ५० लाख प्रयोगकर्तालाई नि:शुल्क अपग्रेड गर्ने सुविधा दिएको छ । तर, सबैलाई एकैपटक यो सुविधा नदिइने भएकाले धेरै प्रयोगकर्ता अझै यसको प्रतीक्षामा छन् ।
इन्साइडरमा नाम दर्ता नगरेकाले पनि सजिलै यो सफ्टवेयर डाउनलोड गर्न पाउने अवसर माइक्रोसफ्टले ल्याएको छ। जेन्युन ओपरेटिङ सिस्टम (विन्डोज ७ वा विन्डोज ८) प्रयोग गरिरहेका प्रयोगकर्तालाई लक्षित गरेर माइक्रोसफ्टले विन्डोज १० आइएसओ फाइल सार्वजनिक गरेको छ । यसको प्रयोग गरी विन्डोज अपडेटबिना नै विन्डोज १० इन्ष्टल र एक्टिभेट गर्न सकिन्छ ।
यो टुलबाट सिधै माइक्रोसफ्ट विन्डोज १० इन्ष्टल गर्नअुघि तपाइले केही प्रक्रिया पुरा गर्नुपर्छ । अरु ओएस इन्ष्टल गर्दा झैं यो बेलामा पनि तपाइको सिस्टम ड्राइभमा पर्याप्त डिस्क स्पेस हुनुपर्छ र सेटअप फाइल डाउनलोड गर्न राम्रो इन्टरनेट स्पिड हुनुपर्छ ।
(नोट : यसका लागि तपाईको पिसी जेन्युन विन्डोज ७ वा ८ बाट सञ्चालित भएको हुनुपर्छ ।)
अब यी सबै आवश्यकता पुरा गरेपछि विन्डोज १० इन्ष्टलको लागि तयार हुनुहुोस् । यसका लागि तपाईले माइक्रोसफ्टको यो साइट लगइन गरी मिडिया क्रिएसन टुल डाउनलोड गर्नुपर्ने हुन्छ । यसका लागि ३२ बिट वा ६४ बिट भर्सनको डाउनलोड टुल छनौट गर्नुपर्ने हुन्छ ।
विन्डोज अपडेट बिनै कसरी इन्सटल गर्ने विन्डोज १० ? 
विन्डोज १० मिडिया क्रिएसन टुल इन्ष्टल गरेपछि इन्ष्टल भएको फाइलमा क्लिक गर्नुहोस् । केही सेकेन्डपछि तपाइले नयाँ विन्डो देख्नुहुनेछ, जहाँ सोध्नेछ (what do you want to do ?) र दुईओटा अप्सन दिन्छ । तपाइले (upgrade this PC now) अप्सन क्लिक गर्नुहोस् र Next गर्नुहोस् । इन्ष्टलेसनका क्रममा तपाईको पिसी रिस्टार्ट हुन्छ जसलाई स्वभाविक मान्नुहोस ।
(नोट : अर्को पिसीका लागि फ्रेस इन्ष्टल गर्नुपर्ने हो भने दोश्रो अप्सन (Create installation media for another PC) गर्नुहोस् ।)
Windows-10-2
पहिलो अप्सन छानेपछि पिसीमा नयाँ विन्डो देखा पर्छ । जसले तपाइको विन्डोज १० डाउनलोडको प्रक्रिया भइरहेको संकेत दिन्छ । केही मिनेटपछि डाउनलोड सुरु हुन्छ र तपाइले प्रोगेस इन्डिकेटर विस्तार बढेको देख्नुहुनेछ ।
Windows-10-3
डाउनलोड प्रोसेस सकिएपछि पिसीमा नया विन्डोज देखापर्छ जहाँ Creating Windows 10 media भनेर म्यासेज दिइन्छ । प्रोग्रेसको काम भइरहँदा तपाईले ब्याकग्राउन्डमा अन्य काम पनि गर्न सक्नुहुनेछ । यो क्रममा तपाईको पिसी चार्जिङमा जोड्न भने नभुल्नुहोला ।
Windows-10-4
विन्डोज १० मिडिया टुल क्रिएट भएपछि पिसीमा एउटा नयाँ सानो विन्डो देखापर्छ जुन सेटअप तपाइँको पिसी विन्डोज १० को इन्ष्टलेसन प्रक्रियामा जान हो र यसका लागि केही समयसम्म कुर्नुपर्छ ।
Windows-10-install-5
यसपछि तपाइले Getting updates स्टेप देख्नुहुनेछ जहाँ पिसीले सेटअपका लागि चाहिने अपडेटहरु डाउनलोड गर्छ ।Windows-10-6
अब विन्डोज १० इन्ष्टलेसनका लागि तपाइको पिसीमा पर्याप्त स्पेस छ कि छैन भनेर नयाँ विन्डो देखापर्छ । स्पेस पर्याप्त छैन भने सेटअप नै एबोर्ट हुन्छ भने पर्याप्त छ भने विन्डोज १० सेटअप थप प्रोसेसमा बढ्छ ।
Windows-10-7
पिसी रिबुट पछि विन्डोज १० अपग्रेडका लागि इन्ष्टलमा क्लिक गर्नुहोस् । फेरि तपाइको पिसी रिस्टार्ट हुन्छ ।
Windows-10-8
पुन: रिबुटपछि तपाइको विन्डोज १० सेटअप पुन सुचारु हुन्छ र इन्ष्टलेसन प्रोसेस अगाडि बढ्छ ।
Windows-10-9
इन्ष्टलेसन प्रोसेस सकिएपछि तपाईको पिसी पुन: रिस्टार्ट हुन्छ र तपाइले Upgrading Windows भन्ने म्यासेज देख्नुहुन्छ । यसमा तीनओटा स्टेप समावेश छन् । Copying files, Installing features and drivers, and Configuring Settings. विन्डोज १० अपग्रेड गर्ने यो अन्तिम स्टेप हो । यो क्रममा तपाइको पिसी बारम्बार रिस्टार्ट हुन्छ ।
Windows-10-11
अझै केही बाँकी छ ? छैन । हामीले सबै स्टेप पुरा गरेका छौं । अब तपाइको पिसी विन्डोज १० मा अपग्रेडेड भयो । नयाँ ओपरटिङ सिस्टमका लागि लगइन गर्नुहोस् र तपाइ नयाँ विन्डोका लागि कन्फिग्युरिङ सेटिङमा जानुपर्ने हुन्छ ।
Windows-10-12
तपाइलाई यहाँ नयाँ विन्डो देखाइन्छ, जसमा विन्डोज १० का नयाँ एप्स समावेश हुनेछन्; फोटो, माइक्रोसफ्ट एज, म्युजिक, मुभी र टिभी । अब Next क्लिक गर्नुहोस् र तपाइको विन्डोज पिसी प्रयोग गर्न तयार भयो ।
Windows-10-13
विन्डोज ७ वा विन्डोज ८ बाट विन्डोज १० मा अपग्रेड हुँदा तपाइको पिसी यस्तो देखिन्छ ।
Windows-10-14
सबै सेटिङ, फाइल, र एप्स आफै इन्ष्टल भइसकेका हुन्छन् । र महत्वपूर्ण एप्सहरु टास्कबारमा पिन हुन्छन् ।Windows-10-15
विन्डोज १० को कपि एक्टिभेट भएको हेर्न Update and Security क्लिक गरी सेटिङमा जानुहोस् । अब तपाइले माइक्रोसफ्टको नयाँ ओपरेटिङ सिस्टम विन्डोज १० को मज्जा लिन सक्नु हुनेछ । प्रस्तुत लेखका लागि फोसबाइट डटकमबाट सन्दर्भ सामाग्री लिएका हौँ।

Source: livingwithict.com

Post a Comment

Previous Post Next Post