पठाइसकेको इमेललाई ३० सेकेन्ड भित्र फिर्ता गर्न सकिने

अब कसैलाई पठाइसकेको इमेललाई फिर्ता गर्नुपरे इमेल पठाएको ३० सेकेन्ड भित्र ‘अनसेन्ड’ बटन थिचे त्यो मेल फिर्ता हुन्छ । जिमेलले पछिल्लो समयमा आफ्ना प्रयोगकर्तालाइ यो सुबिधा थप गरेको छ | सुविधा प्राप्त गर्न सेटिङ्समा गएर अनसेन्ड गर्ने समयावधी सेट भने गर्नुपर्छ ।
पठाइसकेको मेल लाई “undo send” फिचर प्रयोग गरेर क्यान्सिल गर्न सकिन्छ । तर यो सुविधा लिनका लागि गुगलका प्रयोगकर्ताले केही थप कुरा गर्नु पर्नेछ |  यो फिचर प्रयोग गर्नका लागि गुगलले पछिल्लो पटक लञ्च गरेको “Inbox” एप्लिकेसन प्रयोग गर्नु पर्नेछ ।
gmail undo
कसरि गर्ने सेटिङ ?
  • पहिले कम्प्युटरमा जिमेल लगइन गर्नुहोस |
  • त्यसपछि दाहिने माथि रहेको Setting मा क्लिक गर्नुहोस् |
  • Setting मेनु भित्रको setting मा क्लिक गर्नुहोस |
  • त्यसपछि खुल्ने पेजमा माथि General मा क्लिक गर्नुहोस |
  • त्यहाँ undo send अप्सन रहने छ, त्यसलाइ टिक लगाई इनेबल गर्नु पर्ने हुन्छ |
  • त्यसपछि तेह समय ५, १०, २० र ३० सेकेन्ड दिएको छ, त्यो कुनै अप्सन छान्नु पर्ने हुन्छ |
  • अब सेभ गरिसकेपछि तपाइको undo send ले काम गर्नेछ | undosetting_20150624031015इमेल पठाइसकेपछि गल्ति भएमा वा गलत प्रयोगकर्तालाइ गएमा तत्काल ३० सेकेन्ड भित्रमा इमेल फिर्ता ल्याउन सकिनेछ |
जिमेलको यो नया सुबिधाले धेरैलाई राहत दिन सक्नेछ | तर, यो सेवा पूर्णरुपमा संचालनमा आउन २ हप्ता लाग्ने गुगलको ब्लगमा उल्लेख गरिएको छ |

Source: livingwithict.com

Post a Comment

Previous Post Next Post