मोवाइल किन्दा विचार गर्नै पर्ने मुख्य कुराहरु


तपार्इाले कुनै फोन वा स्मार्टफोन खरिद गर्नु पूर्व यी जान्नुपर्ने किनमेल सम्बन्धी आवश्यक कुराहरुलाई ध्यानमा राख्नुहोस् । स्मार्टफोन खरिद गर्ने कुरामा सिनेट डटकमका मार्गनिर्देशकहरु लिभिङ विथ आइसिटीमा प्रस्तुत गर्ने प्रयास गरेका छौ ।

स्क्रिन

ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी)
स्मार्टफोनहरुको साइज बढिराखेको छ । एक समय ५ इन्चको स्क्रिन धेरै ठूलो ठानिन्थ्यो तर अब यो साइज ठूला फोनको सूचिमा न्यूनतम बनेको छ । ५.५ इन्चको आइफोन सिक्स प्लस पनि साइजकै कारण फ्याब्लेटको दुनियाामा छिरेको छ । धेरै ठूलो साइजमा पनि मानिसहरुले ६ इन्च साइजका गुगल नेक्सस सिक्स र नोकिया लुमिया १५२० लाई बढी रुचाएका छन् । ग्यालेक्सी नोट सेरिज र आइफोन सिक्स पनि यहि रेन्जका चर्चित स्मार्टफोन हुन । एक हातले यस्ता फोन चलाउन भने मुस्किल पर्छ ।
smartphine- screen
मध्यम स्क्रिन (४.५–४.९ इन्च)
यो वर्गका फोनहरु बोक्नलाई अझ सहज र मध्यम स्तरका पनि रहेका छन् । ४.५ इस्क्रिन साइज भएको एचटिसी मिनी टु, ग्यालेक्सी एस ५ एउटा उदाहरुण हो । यस्ता फोनहरुको राम्रो पक्ष भनेको एउटै हात ले चलाउन सक्नु हो । हातका औालाहरु सहजै डिस्प्लेका सबै कुनामा पर्‍याउान सकिन्छ ।
सानो स्क्रिन (४.५ इन्चभन्दा कम)
स्मार्टफोनहरुको दुनियाामा साना तथा छरिता फोनहरुले ठूलो हिस्सा ओगटेका छन् । यस्ता फोनहरु बोक्न तथा प्रयोग गर्न निकै सहज हुने गर्छन् । तर साना इस्क्रिन भएका फोनहरु निम्न स्क्रिन रेजुलेसन र साधारणतया स्मार्टफोनहरुमध्येमा साधारण र मध्यम क्षमताका रहेका छन् ।

प्रोसेसरsnapdragon

कुनै पनि फोनको मुटु वा ज्यान भनेकै यसको प्रोसेसर अथवा सिपियु हो । यसले फोनका विभिन्न कार्यहरुका निम्ति कम्प्युटिङ क्षमता प्रदान गर्दछ । कुनै पनि एप्लिकेसन खोल्न वा चलाउान प्रोसेसरकै भूमिका रहने गर्दछ । द्रुत गतिको प्रोसेसरले फोनको सम्पूर्ण कार्यक्षमतामा प्रभाव पार्दछ । प्रोसेसरको गति गिगाहर्जमा मापन गरिन्छ । अजकाल प्रोसेसरमा कति ओटा कोरहरुको प्रयोग भएको छ भन्ने कुराले ठूलो महत्व राख्दछ । प्रोसेसरमा जति बढी गति र कोर छन् उति नै प्रोसेसर राम्रो मानिन्छ ।

क्यामेराsmartphone-camera

क्यामेराको गुणस्तर यसमा प्रयोग भएका तत्वहरुले निर्धारण गर्दछ । धेरै मेगापिक्सको क्यामेराले राम्रो फोटो खिच्छ भन्ने बुझाइ गलत हो । ८ मेगापिक्सलको राम्रो क्यामेराले एउटा १३ मेगापिक्सलको क्यामेराले भन्दा धेरै राम्रो फोटो खिच्दछ । लेन्सको गुणस्तर र यसमा प्रयोग भएको सेन्सर अरु महत्वपूर्ण पाटा हुन् । फोटो वा भिडियोको गुणस्तर निर्धाण गर्ने सबैभन्दा महत्व पिक्सल डेन्सिटी (एएष्) को रहेको छ । एप्पलका क्यामेराहरु ८ मेगापिक्सल नै भए पनि हरेक वर्ष एप्पलका क्यामेराहरु अझ परिष्कृत र क्षमतावन हुदै आएका छन् ।

ब्याट्रीbattery

तपाईाको फोनको ब्याट्री कम क्षमताको छ भने संसारका कुनै अन्य फिचरहरुले सहयोग गर्न सक्दैनन् । ब्याट्रीको यही महत्वलाई मनन गरेर उत्पादक कम्पनीहरुले ठूला क्षमताका ब्याट्रीहरु आफ्ना फोनमा प्रयोग गर्न थालेका छन् । खास फोनहरुले १७०० एकएएच देखि ३५०० एमएएच सम्मका ब्याट्रीहरु प्रयोग गदै आएका छन् ।

नेटवर्क क्यारियर

तपाईले बोक्ने फोनको नेटवर्क क्यारियर कुन हो सो बारे पनि बुझ्न उत्तिकै जरुरी रहेको छ । त्यो नेटवर्क क्यारियरले तपाईको घर, कार्यस्थल तथा अन्य स्थलमा कभरेज कस्तो छ यसबारे जान्न आवश्यक रहेको छ । त्यसकारणले त्यही रुपमा नेटवर्क क्यारियर छान्नुपर्दछ ।

Post a Comment

Previous Post Next Post