के हो ‘पावर ब्याङ्क’ ? कसरि काम गर्छ ?


अर्जुन सापकोटा, काठमाडौँ 

बोक्न मिल्ने (पार्टेबल) पावर ब्याङ्कमा खास ब्याट्रीको प्रयोग गरी विद्युतीय उर्जाको प्रवाह नियन्त्रण गर्न विशेष सर्किटको प्रयोग गरिएको हुन्छ । यिनको मद्दतले विद्युतीय उर्जा भण्डारण गर्न (ब्याङ्कमा बचत गर्न) र पछि आवश्यक परेको बेला मोबाइ डिभाइसलाई चार्ज गर्न (ब्याङ्कबाट झिक्न) सकिन्छ । तपाईले प्रयोग गर्ने फोन, ट्याबलेट, र पोर्टेबल मिडिया प्लेयरहरु दिनभरी तपाईसगै चल्न सक्ने भएका छन् । त्यसैले पछिल्लो समय पावर ब्याङ्क अत्यन्तै लोकप्रिय बन्न पुगेका छन् । ब्याट्री ब्याकअपको लागि आफूसगै पावर ब्याङ्क बोकेर हिड्न सकिने भएकाले घर टाढाको लामो यात्रा पनि निर्धक्क भएर गर्न सकिने भएको छ । पावर ब्याङ्कलाई पावर स्टेसन्स अथवा ब्याट्री ब्याङ्क भनेर पनि चिनिन्छ ।
ultra-power-bank-in-use
पावर ब्याङ्कले के–के चार्ज गर्न सक्छ ?
पावर ब्याङ्कबाट क्यामेरा, गोप्रोज(न्यएचयक), पोर्टेबल स्पिकर, जिपिएस सिस्टम, एमपिथ्रि प्लेयर, स्मार्टफोन र ट्याब्लेटसम्म पनि चार्ज गर्न सकिन्छ । घरमा युएसबीको मद्दतले चार्ज गर्न सकिने सबै डिभाइसहरु पावर ब्यांकबाट चार्ज गर्न सकिनछ तर तपाईले पावर ब्यांकलाई पनि चार्ज गर्नु पर्छ भन्ने कुरा चाहि भुल्न हुदैन ।
कस्ता किसिमका पावर ब्याङ्कहरु उपलब्ध छन् त ?
मूख्यतया हाल बजारमा यस्ता तीन प्रकारका पावर ब्याङ्कहरु उपलब्ध छन्:–
ड्ड युनिभर्सल पावर ब्याङ्क– यो विशेष प्रकारको पावर ब्याङ्क हो । यिनीहरु विभिन्न आकारमा उपलब्ध रहेका छन् जुन तपाईको डिभाइसको आवश्यकता र बजेट अनुकुल रहेका छन् ।
ड्ड सोलार चाज्र्ड पावर ब्याङ्क– यसमा फोटोभोल्टेक प्यानल हुन्छ जसको मद्दतले घाममा राखेर इन्टर्नल ब्याट्री चार्ज गर्न सकिन्छ । सोलरबाट चार्ज गर्ने कार्य अलि ढिलो हुन्छ तर तारबाट पनि चार्ज गर्न भने सकिन्छ ।
ड्ड ओल्डर स्टाइल ब्याट्री फोन केस– तेस्रो प्रकारको यो पावर ब्याङ्क पुरानो शैलीको ब्याट्री केस हो । यस्ता पावर ब्याङ्क धेरै कम डिभाइसका लागि मात्र उपयुत्त हुने गरीका छन् ।
पावर ब्याङ्कलाई कसरी चार्ज गर्ने ?
पावर ब्याङ्कलाई चार्ज गर्नको लागि यसमा खास पावर इन्पुट सकेटको प्रयोग गरिएको हुन्छ । यसलाई कम्प्युटरको युएसबी सकेटबाट पनि चार्ज गर्न सकिन्छ तर छिटो चार्ज गर्नको लागि भने वाल सकेट एडप्टरबाट चार्ज गर्नु नै उपयुक्त हुन्छ । मुख्यतया पावर ब्याङ्कले चार्जिङ्को लागि मिनी वा माइक्रो युएसबी सकेट र डिस्चार्जिङ्को लागि ठूलो साइजको युएसबी सकेटको प्रयोग गरेको हुन्छ । कुनै–कुनै पावर ब्याङ्कले इन्पुट र आउटपुट दुबै प्रयोजनको लागि एउटै साइजको सकेटको प्रयोग गरेको पनि पाइन्छ ।
51107_how2rev
एउटा पावर ब्याङ्क कति समयसम्म टिक्छ ?
एउटा पावर ब्याङ्क कहिलेसम्म चल्छ भन्ने कुरा मुख्यतया दुई कुराले निर्धारण गर्दछ । पहिलो, पावर ब्याङ्कलाई कति पटक चार्ज र डिस्चार्ज गरियो भन्ने र दोस्रा,े प्रयोग नगरी राखिएको खण्डमा फेरि कहिले चार्ज गरिन्छ भन्ने कुरा हो । यिनको टिकाउको विषय यिनमा प्रयोग भएका कम्पोनेन्ट, ब्याट्री र गुणस्तरले पनि निर्धारण गर्दछ । अर्कोतर्फ पावर ब्याङ्कलाई कस्तो तापक्रममा राखिन्छ त्यसले पनि ठूलो प्रभाव पार्दछ । सामान्यतया पावर ब्याङ्कहरु दिनहू प्रायोग नहुने हुदा १८ महिनासम्म राम्रोसग काम गर्न सक्छन् ।
पावर ब्याङ्कमा कस्ता ब्याट्रीहरुको प्रयोग हुन्छ ? 
अहिले बजारमा उपलब्घ भएका पावर ब्याङ्कमा लिथियम–आइओन र लिथियम–पोलिमर दुई प्रकारका ब्याट्रीहरुको प्रयोग भएको पाइन्छ । सामान्यतया लिथियम–आइओन ब्याट्रीहरु सस्तो र यिनमा सिमित एमएएच क्षमता हुन्छन् । अर्को तर्फ लिथियम–पोलिमर ब्याट्रीहरु बढी क्षमताका र अझ टिकाउ किसिमका हुन्छन् ।

Source: livingwithict.com 

Post a Comment

Previous Post Next Post