महाभूकम्पबाट परमेश्वरले मलाई यसरी बचाउनुभयो

मेरो नाउँ एलिशा अधिकारी हो । मेरो जन्म ख्रीष्टियान परिवारमा भएको हो । म नेपालको ललितपुरस्थित एडभान्सएकेडेमीमा कक्षा ११ मा पढ्दछु । सोफिया र जेसिका नाउँका मेरा दुई बहिनी छन् र परिवारमा म जेठी छोरी हुँ ।
मेरो बुबाको नाउँ कमल अधिकारी हो । उहाँ अनुवादक, लेखकसाथै बाइबल शिक्षक हुनुहुन्छ । महाभूकम्प गएकोदिन अर्थात् २०७२ साल बैशाख १२ गते परमेश्वरले मलाई कसरी आश्चर्यपूर्ण ढङ्गमा बचाउनुभएको थियो भनी मबताउन चाहन्छु ।
त्यस दिन म मेरा दुई जना मित्रहरू बिनु श्रेष्ठ र राधिका महर्जनसँगै राधिकाको घरमा थिएँ । भुईं तलासहित तिनतले कच्ची घरको हामी दोस्रो तलामा थियौँ । हामी कलेजको कार्यक्रमको लागि त्यतैबाट सँगसँगै कलेज जानेतरखरमा थियौँ । झण्डै दिउँसोको १२ बज्न लागेको थियो । हामी बसेको घर एक्कासि बेस्सरी हल्लियो । माथिल्लोतला खसेर हामी तिनै जनालाई पुर्‍यो । हामी तिनै जना एकै ठाउँमा थियौँ । हामी उकुसमुकुस हुँदै पुरिएकै अवस्थामाएक अर्कासँग बातचित गर्दै थियौँ । झण्डै एक घण्टा बितेपछि मैले साथीहरूको आवाज सुन्न छाडेँ । मलाई लाग्योअब यो नै मेरो अन्तिम दिन हो । तसर्थ, मैले विश्वास गरेको परमेश्वरलाई मैले पुकारा गरेँ, “हे प्रभु, यस कठिनपरिस्थितिबाट मलाई बचाइदिनुहोस् । तपाईं मेरो चट्टान र किल्ला हुनुहुन्छ । सङ्कष्टको घडीमा हामीले पुकारागर्‍यौँ भने तपाईंले सुन्नुहुन्छ भनी तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।”
एकैछिनपछि परमेश्वरले आफ्ना दूतहरू पठाइदिनुभयो । केही मानिसहरू राधिकालाई खोज्न आए । मेरो विचारमाती राधिकाका आफन्तहरू थिए । मैले चिच्च्याएको आवाज सुनेपछि ती मानिसहरूले मलाई जीवितै उद्धार गरे । मैलेआफूलाई जीवितै पाएपछि मैले जुन दृश्य देखेँ त्यसले मलाई अति नै मर्माहत तुल्यायो । मेरो ती दुई साथीहरू त्यहीँनै मृत फेला परे । मैले दुवै जनालाई गुमाएँ ।
त्यसपछि मलाई एम्बुलेन्समा हालेर पाटन अस्पताल लगियो अनि एउटा इन्जेक्सन दिइयो । म अस्पतालको बेडमापस्रिरहेको थिएँ । एक जना व्यक्तिले “तिमी कमलकी छोरी होइनौ ?” भनेर सोधेपछि मैले सकारात्मक उत्तर दिएँ ।तर मेरो बुबा गाउँमा जानुभएकोले ती दाजुले मेरी ममीलाई फोन गर्नुभयो । ममी आफै मृत्युको मुखबाट बाँच्नुभएकोखबर सुनेपछि ती दाजुले मेरी ममीको अनुरोधमा मलाई मोटरबाइकमा राखेर ममीको जिम्मा लगाइदिनुभयो ।
अचम्मको कुरो के हो भने म त्यसरी पुरिँदा पनि मेरो शरीरमा सामान्य चोट पटक मात्र लागेको छ । अलि अलिधसारेको मात्रै छ । यसरी परमेश्वरले मेरो पुकारा सुन्नुभयो अनि मलाई मृत्युको मुखबाट बचाउनुभयो । यस घटनालेउहाँप्रतिको मेरो विश्वासलाई बढाएको छ । उहाँलाई मुरीमुरी धन्यवाद भएको होस् ।

Source : http://www.reasonstobelieve2014.blogspot.com/

Post a Comment

Previous Post Next Post