Christian Records and Resource Center

पृष्ठभूमि तथा परिचयवि.स. २०६० सालमा मेरो ( समयकुमार रम्तेल) पहिलो पुस्तक समयका आदर्श र महान् भनाईहरु नामक पुस्तकमा समेत राष्ट्रिय ख्रीष्टिय अभिलेखा (सियोन) पुस्तक नाम उल्लेख गरिएको छ । जुन पुस्तक आजभन्दा १० बर्ष अघि प्रकाशन गरिएको थियो । सो पुस्तक विश्वको Guinness world Records Book  जस्तै Christian National Zion Records Book को अवधारणा हो । जुन पुस्तकमा सबै अभिलेखा राखिने कुरा हो ।
सामान्य प्रकारले उल्लेख गरिएतापनि धेरै बर्ष अघि देखिएको दर्शनलाई सन् २०१२ –१२–१२ मा स्थापना गरी सञ्चालन भएको हो ।२०१२ को डिसेम्बर १२ तारिखको दिन मेरो सेवकाइको १० बर्ष पुगेको उपलक्ष्यमा यो ख्रीष्टिय अभिलेखा तथा स्रोत केन्द्रको स्थापना भएको हो । २० बर्ष देखि विभिन्न पत्रपत्रिका, पुस्तक, स्मारिका,एल्बम, चलचित्र आदि कुराहरुलाई अभिलेखा राख्दै आएको छु । यसको प्रमाण २०६५ सालको माघ २५ गते मेरो जन्म दिनमा रजतमहोत्सव, पवित्र विवाह र समयका नयाँ आयामहरु २५ विशेष भन्ने पुस्तक विमोचन गरेको छु । जुन पुस्तकमा २५ विशेष अध्याय रहेको छ । ६२५ वटा ससाना तर महत्वपूर्ण कुराहरुलाई रेकर्ड गरी यस पुस्तकमा प्रस्तुत गरेको छु । आफ्नै विवाहको दिनमा विमोचन भएकोले होला सो दिनमा ५०० प्रति विक्रिभएको थियो । धेरैले वधाईको साथमा उत्साह पनि दिनुभयो । मेरो रजत महोत्सवको स्मारिका भएकाले यस पुस्तकमा मेरो व्यक्तिगत अभिलेख र समय सम्बन्धि विभिन्न विषयलाई प्रस्तुत गरेको छु । यो मेरो पाँचौ कृति हो । विभिन्न कुराहरु संग्रह गर्नु मेरो रुचीको विषय हो । त्यसैले त्यो समयमा आफ्नो प्रकासित लेख रचना, पत्रपत्रिका, पुस्तक, स्मारिका, सम्पादन सामग्री आदि जम्मा गर्दा २५ कृति भएका रहेछन् । त्यसलाई संग्रह गर्दैगर्दा मेरो दराज नै भरियो । १२ बर्ष देखि निरन्तर प्रत्येक बर्ष रु.१०,००० जति किताब र पत्रपत्रिका गरी रु.१,५०,०००को किनेर पढ्न थालेँ । जसको व्यवस्थापन गर्दा मेरो व्यक्तिगत पुस्तकालय नै बन्यो । यहाँबाट नै यो केन्द्रको दर्शन शुरु भयो । त्यसैगरी स्व. पादरी गंगाप्रसाद प्रधानको विषयमा उहाँको जीवनी र कृति योगदनको विषयमा प्रकाशन गर्न खोज्दा प्रशस्त प्रमाण र सत्यतथ्य नभेटाउदा । मैले यो केन्द्रको स्वरुपको खाँचो महसुस गरेर दर्शन देखेको हुँ । यो नेपाली इसाई जगतको अभिलेखालय, संग्राहलय र स्रोत केन्द्रको लागि मेरो १० बर्ष देखिको सोच खोज र साधनामा लागि परेको छु । म भविश्यको लागि सुनौलो इतिहासको लागि गाडधन जम्मा गर्दै छु । मेरो तनमन र धन समेत यसैको लागि अपर्ण गरेको छु । यो मेरो परिकल्पना, सपना र दर्शन हो । यो पूरा गरेर मात्र मर्न चाहन्छु । यस्तो खालको निकाय र अभ्यास कोहिकतैबाट पनि नदेखेकोले नै यसको सुरुगरिएको छ । यो कार्यसम्पादन गर्न एक्लैले केही हुदैन तपाईंको पनि त्यतिकै ठूलो सहयोग चाहिन्छ । यो सेवा हामी सबैको हो । भविश्यमा यसको स्वरुप र सक्रियता भएको खण्डमा राष्ट्रियबाट अन्तराष्ट्रिय सेवाको रुपमा सञ्चालन गर्ने दर्शन रहेको छ । यो विशुद्ध अन्तरसंप्रदायिक केन्द्र हो ।
हार्दिक आवाहन
हामी पहिलो शताव्दीको नेपाली मण्डली तथा इसाईहरू हौं । करिब ६०÷७० बर्षको नेपाली मण्डलीको सुनौलो इतिहासमा हामी बाचिरहेकाछौं । पहिलो पुस्ताका आदरणीय अग्रजहरूले बनाउनु भएको नयाँ गोरेटो र कोरिदिएको इतिहासलाई मौखिक तथा लिखित दस्तावेजका अभिलेख अब पनि राख्न सकेनौ भने विस्तारै अनि पालैसँग प्रभुमा विश्राम लिदै गरेका प्रभुका अग्रज सेवक तथा सेविकाहरूसँगै हाम्रो इतिहासले पनि विश्राम लिनेछ । अनि आउदो सयौ पुस्ताहरूलाई सहि मार्गनिर्देशन र इतिहासको प्रशस्त प्रमाण दिन सक्दैनौं । त्यसैकारण नेपाली ख्रीष्टिय मण्डली इतिहास, साहित्य,संगित र कलाको संरक्षण, संवर्दन तथाप्रवर्दन गर्ने उद्देश्यले यहाँको मण्डली, संघसंस्था, प्रकाशन गृह र निमार्ण समुहबाट प्रकाशित तथा उत्पादन भएका जति पनि पुस्तक, पत्रपत्रिका स्मारिका, चलचित्र,गीती एल्बम, वृत्तचित्र, आर्ट र फोटो २÷२ प्रति हाम्रो ठेगाना वा सम्पर्क स्थानमा उपलब्ध गराइसयौ बर्षसम्म इतिहासको जर्गेना गर्न, ख्रीष्टियन अभिलेखालय, पुस्तकालय, संग्राहलय र स्रोत केन्द्र निमार्णको लागि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण ख्रीष्टियनहरूमा सहयोगको हार्दिक आवाहन गर्दछौं ।
अभिलेखा तथा भण्डारण गरिने सामग्री
१) ख्रीष्टिय पुस्तक, पुस्तिका, पत्रपत्रिका, स्मारिका, प्रतिवेदन,ग्रन्थ, शोधपत्र, सन्दर्भसामग्री लगायत प्रकाशित सामग्रीहरू ।
२) गीति एल्बम, चलचित्र, वृत्तचित्र, अडियो तथा भिडियो को CD/DVD  with soft and hard copy.
३) आर्ट, फोटो, उत्पादन सामग्री, संग्रह गरिने महत्वपूर्ण वस्तु, पाण्डुलिपी तथा संरक्षण गर्नुपर्ने कुरा आदि ।

प्राप्त सामग्रीको अभिलेखा तथा भण्डारण गरिनेप्रमुख क्षेत्रहरू
पहिलो प्रति : अभिलेखा तथा भण्डार कक्षमा विशेष सुरक्षा साथ राखिनेछ ।
दोस्रो प्रति : केन्द्रिय पुस्तकालयमासम्बन्धित विज्ञ तथा अनुभवीबाट अध्ययन, समिक्षा तथा मूल्याङ्कन गरीनेछ ।
ख्रीष्टिय अभिलेखा तथा स्रोत केन्द्रको कार्यक्रम :
१) अभिलेख र संरक्षण
२) ख्रीष्टियपुस्तकालय, संग्रालय र स्रोत केन्द्र निमार्ण
३) पुरस्कृत÷सम्मान ( ५० बर्ष भएका मण्डली, जिल्लाको पहिलो मण्डली,उत्कृष्ट कृति, योगदान, स्रष्टा आदि)
४) पर्दशनी मेलारप्रवर्दन
५)तालिम, सेमिनार र सभा सम्मेलन
६) प्रकाशन तथा उत्पादन
७) मण्डली पुस्तकालय तथा स्रोत केन्द्र विस्तार कार्यक्रम
८) साहित्य, संगित, कला र खेल अभियान र जागरण
९)शाखा तथा उपशाखा विस्तार र विकास
१०) स्थानिय, क्षेत्रिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय मिनिष्ट्रि ।
अन्य कार्यक्रम
स्रष्टाहरुको स्वागत तथा सम्मान, साहित्यिक, साँगृतिक तथा आत्मिक कार्यक्रम, कृति तथा साहित्यिक मासिक पत्रिका प्रकासन, पुस्तक मेला, कृति उपहार तथा साटासाट कार्यक्रम, पुरानालाई सम्मान र नयाँलाई अवसर प्रदान गर्ने, नेपाली इसाई साहित्य, संगित, कलाको माध्यमबाट सुसमाचारिय कार्यक्रम, स्रोत केन्द्रको लागि आर्थिक कोष, समाज तथा राष्ट्रमा मण्डली स्रोत केन्द्रको रुपमा निमार्ण र हामी इसाईहरु स्रोत व्यक्तिको रुपमा प्रतिनिधित्व गर्ने कार्यक्रम र मण्डलीको इतिहास संरक्षण आदि ।
बहुमूखि केन्द्रको रुपमा :
क) अभिलेखालय ख) पुस्तकालय ग) संग्राहलय घ) स्रोत केन्द्र
सम्पर्क स्थान:
1) ख्रीष्टिय अभिलेखातथा स्रोत केन्द्र
2) सहयोग र सरोकार धुलिखेल
3) बचन बुक्स सप सातदोवाटो
4) क्रियसन प्रिन्टर्स पुल्चोक
5) बाइबल सोसाइटी
6) वरदान बुक्स सप
7)) GFA  सप
8) एकता पब्लिकेशन
9) एदोनाई बुक्स दमक

CRRC International Ministry

9841429816

Email:krtime2004@gmail.com

P.O.Box No. 524

Banepa, Nepal

CRRC Advisor Team  : Rev./Pastors
Loknath Manen, Gopalji Adhikari, Dr.Rajendra Ku. Rongong , Nagendra Ku. Pardhan, N.P.Pardhan , R.C.Timothy,Dr.Narayan Sharma,Dr.Balkrishna Sharma Dr.Adon Rongong, Dr.Ramesh Khatri
Founder  : Samay Kumar Ramtel
Reg.NGO : Faith & Work
NLT :Krishna Pardhan,  Tanka Subedi, Jyoti Ku. Sunuwar, Ram Vandari, Prasanta Gurucharya, Birendra Dhanuse, Santalal Rai,  Keshab Mainali, Bibash Gautam, Kumar Abraham and you.
नोटः यस केन्द्रको लागिनिरन्तर प्रार्थना, सरसल्लाहरआर्थिक तथाजिन्सीसहयोगको लागि स्वागतगर्दै तपाईंको सामग्रीहामीलाई प्राप्त भएपछि अभिलेख नम्वर सहितधन्यवाद ज्ञापन तथा प्रमाण पत्र पठाउनेछौं ।हाल सम्म १००० वटा पुस्तकहरू १०० वटाएल्बम, २५ वटा स्मारिका,४५ वटा चलचित्र,९० वटा पत्रपत्रिकार १००० वटा विशेषफोटोहरु संकलन भैसकेकाछन् । नेपालको पहिलो शताब्दीको इसाई हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने । भविश्यको लागिइतिहास र गाडधन जम्मा गरौं ।

Post a Comment

Previous Post Next Post