येशू ख्रीष्टको चाहना ( संसारबाट फर्क अब )


पिता,पुत्र,पबित्र आत्मा,मान्नलाई त मान्छौ तिमी !(२ कोरिन्थी १३:१४)
बिश्वासीको आँखा छलि,के-के तान्छौ-तान्छौ तिमी !!(१ तिमोथी ३:३-४)
घरि-घरि गबाही दिन,पुलबिटमा जान्छौ तिमी !(याकुब ५:११)
असल बाटो छोडि किन? खराब बाटो छान्छौ तिमी !!(मत्ती ५:४४)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८)
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
अनगिन्ति मेरा बचन,पल्टाई हेर बाइबल भित्र !(यूहन्ना ५:३९)
नोकर होइन तिमीलाई मैले,भनेको छु असल मित्र !!(यूहन्ना १५:१५)
येशू ख्रीष्टको सन्तान भनि,बाइबल पनि बोक्छौ तिमी !(भ.सं ५०:१६,१७)
आफ्नै भाई बैनीको घोक्रो समाई,पिठियुमा ठोक्छौ तिमी !!(मत्ती ५:२२)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८) 
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
निदाएको भान गर्छौ,कति चोटी जगाउ मैले !(प्रकस २:४)
तिम्रो पाप बोकी क्रूसमा,कति रगत बगाउ मैले !!(रोमि ३:२५)
ठुलो पाप छ तिम्रो एउटा,बिश्वासीमा लुकेको छ !(प्रकास २:२०) 
ब्यभिचारको तिम्रो पापले,कोर्राको घाउ दुखेको छ !!(प्रकास २:२०)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८)
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
जीबनको पुस्तकमा सबै कुरा लेख्छु मैले !(प्रकास २०:१२,२१:१७)
किन तिमी बुझ्दैनौ खै?सारा कुरा देख्छु मैले !!(हिब्रु ४:१३)
तिमी पुरुष स्त्रीहरु ब्यभिचारले मात्तेका छौ !(१ थेसेलोनिकी ४:५)
आज फेरी बचन सुन्दा भित्र भित्रै आत्तेका छौ !!(एफिसी ५:५)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८)
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
भजन,कोरस गाउछौ अनि,बचन पनि बाडछौ कहिले !(एफिसी ५:१९-२०)
फरिसी झै मनको ढोका,बन्द गर्छौ तिमी जहिले !!(मत्ती २३:१३-२९)
देखावटी होइन तिमी,असल सेबक हुनु पर्छ !(१ तिमोथी ६:६-१४,मत्ती ६:१)
जुन बचनलाई बाडछौ तिमी,तिमीलाई पनि छुनु पर्छ !!(रोमी २:२१)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !!(१ यूहन्ना ५:१८) 
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
कस्को लागि छेडीएथे,कोखा.पाउ,र हातहरु !(१ पत्रुस २:२४)
तिम्रै लागि प्रार्थनामा,बिते मेरा रातहरु !!(मत्ती १४:२३,२६:३६)
रगतले पखाल्नेछु,मप्रतिका घातहरु !(रोमी २:२४)
फेरी मेरो बाटो हिड,दिन्छु तिमीलाई साथहरु !!(प्रकास ३:२-३)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८)
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
सम्झ तिमीले संसारलाई,कस्तो प्रेम दिएकोथें !(यूहन्ना ६:१८)
तिम्रै लागि कष्टहरुको,घुटका मैले पिएकोथें !!(यूहन्ना २०:२७,२८)
जस्तो मैले प्रेम गरें,तिमीले त्यस्तै गर्नु पर्छ !(यूहन्ना १३:३४)
अन्धकारलको बस्तीतिर,ज्योती तिमीले छर्नु पर्छ !!(मत्ती २८:१९,२०)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८) 
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
आदम,हब्बा,कयिन बाट,दियाबलस फर्केकोछ !(१ यूहन्ना ३:१२)
कति बेला मौका पाउला,भनि तिमीलाई पर्खेकोछ !!(मत्ती २४:२४)
मेरो नाम लिई,इन्कार गर दुष्ट सैतान टाढा जान्छ !(प्रेरित १६:१६-१८)
त्यसकै आज्ञा मान्यौ भने,नर्क भित्र तिमीलाई लान्छ !!(१ यूहन्ना ३:८)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८)
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
सिंह जस्तै गर्जेकोछ,बिश्वासीलाई थर्काउन !(१ पत्रुस ५:८)
धेरै कोशिस गर्छ त्यसले,संसार तिर फर्काउन !!(३ यूहन्ना १:७)
नर्क तिर होइन अब,सियोन तिर बाटो मोड !(३ यूहन्ना १:८)
दियाबल टाढा जान्छ,त्यसको सबै बन्धन तोड !!(मत्ती ४:१०,११ याकुब ४:७)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८) 
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
फुस्कि सक्यो हाम्रो नाता,अब पनि फेरी जोड !(प्रकास २:५)
प्रेम गरि क्षमा गर्छु,फेरी पाप गर्न छोड !!(हिब्रु १०:१७)
जीबनको अन्त्य सम्मै,बिश्वासी भई बस तिमी !(प्रकास २:१०)
बाटो,सत्य,जीबन मै हुँ,स्वर्ग भित्र पस तिमी !!(यूहन्ना १४:६)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८)
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
असल दाखको बोट म हुँ,तिमी हाँगा बन्नु पर्छ !(यूहन्ना १५:५)
मुक्त्तिदाता अरु छैन,येशू ख्रीष्ट हुन भन्नु पर्छ !!(प्रेरित ४:१२,फिलिप्पी ३:२०)
माग तिमीलाई दिइनेछ,ढकढक्याउ त उघार्ने छु !(मत्ती ७:७,यूहन्ना १४:१४)
धार्मिकताको दाहिने हातले,तिमीलाई फेरी सुधार्ने छु !!(प्रकास ३:१९)
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८)
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)
(प्रदीप छिनाल :-सी.एन.आई.ए. आर्मी फोर्स,आबुधाबी,दुबई)

Post a Comment

Previous Post Next Post